वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा अरुण मास्केलाई शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रले दीर्घसेवा सम्मान प्रदान गरेको छ ।
मास्केले गंगालालमा अनवरत रुपमा २५ वर्षसम्म कार्यरत भई पुराएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । सोमबार गंगालाल अस्पतालको २८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले डा मास्केलाई दीर्घसेवा सम्मान प्रदान गरेका हुन् ।
डा मास्के विस २०५५ सालमा बाँसबारी छाला जुत्ता कारखाना रहेको शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको सानो एउटा स्थानमा इसीजी मेशिन र सामान्य ल्याबबाट ओपीडी संचालन गर्ने मुटुरोग विशेषज्ञ हुन् ।
जुन अस्पताल अहिले देशभरका मुटुरोगीहरुको उपचारका लागि आशा र भरोसाको केन्द्र बन्न सफल भएको छ ।
मुटुरोगको उपचारमा अब्बल डा मास्के
FACEBOOK COMMENTS