काठमाडाैं । खल्तीले आफ्नो प्रयोगकर्तालाई रु १०० को टपअप गरि आइमा इ-स्कुटर जित्ने अफर ल्याएको छ । यसका सथै हरेक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले आइमा को तर्फ बाट पुरस्कार जित्ने मौका पनि पाउनेछन्।
प्रयोगकर्ताहरुले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर सेक्सन्’ मा गएर “खल्तीमा आइमा इ-स्कुटर” आईकन बाट रू १०० को रिचार्जर टपअप गर्नुपर्ने छ । आफ्नो जित्ने सम्भावना बढाउन प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन्।
सहभागी मध्ये अफरको अन्त्यमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरूप आइमा इ(स्कुटर प्राप्त गर्नेछन्। साथै हरेक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले आइमा को तर्फबाट पुरस्कार जित्नेछन्।
यो अफर कार्तिक २४ देखि पौष १६ सम्म लागु हुनेछ। अफर समाप्त भएको सात दिनभित्र खल्तीको फेसबुक पेजमा फेसबुक लाइभ मार्फत लक्की ड्र गरि “खल्ती आइमा इ-स्कुटर” को बम्पर पुरस्कार विजेता घोषणा गरिनेछ।
यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले आइमा इलेक्ट्रिक स्कुटरसँगको साझेदारीमा दिगो वातावरणका लागि प्रयोगकर्ताहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताए ।
अफरमा सहभागी हुन सबै खल्ती प्रयोगकर्ताहरू ले सक्नेछन् भने लक्की ड्र को लागि योग्य हुन केवाईसी (KYC) भेरिफाइड अनिवार्य छ। केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइ गराएर अफरमा सहभागी हुन सक्नेछन्।
FACEBOOK COMMENTS