काठमाडौं । निर्वाचन आयोगले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित सामग्री उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
निर्वाचन आचारसंहित, २०८२ जारी गर्दै यस्तो प्रतिबन्ध लगाएको हो । आचारसंहिताको दफा ४ को ‘घ’ मा यस्तो व्यवस्था उल्लेख छ ।
‘राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याज, ट्याटु जस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, विक्रीवितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने,’ आचारसंहितामा उल्लेख छ ।
यस्तै, घर वा जग्गा धनीको स्वीकृति जलिई कसैको निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ । यसैगरी, सरकारी वा अर्धसरकारी निकाय, विद्यालय र महाविद्यालयमा पनि त्यस्ता कार्यक्रम गर्न पाइने छैन ।
निर्वाचन आचारसंहिता स्वीकृत, गाडी दुईवटा र झण्डा दशवटा मात्रै प्रयोग गर्न पाइने (पूर्णपाठ)

FACEBOOK COMMENTS