काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको अग्रणी व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स–५०००ई ६×४ विद्युतीय ट्र्याक्टर र एक्स–५०००ई ६×४ विद्युतीय डम्प ट्रक नेपालमा भित्र्याउने भएको छ ।
यी दुई मोडलमार्फत कम्पनीले नेपालको भारी तथा व्यावसायिकसवारीसाधन क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने लक्ष्य राखेको छ ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएसँगै यसको विस्तार यात्रुवाहक तथा हलुकाव्यावसायिक सवारीसाधनबाट भारी सवारीसाधनतर्फ पनि हुन थालेको छ ।
यही क्रममा जगदम्बा मोटर्सले ढुवानी, निर्माण, खानी तथा अन्य भारी सामान ओसारपसार हुने क्षेत्रमा विद्युतीय सवारीसाधनको विकल्प उपलब्ध गराउन लागेको हो।एक्स–५०००ई विद्युतीय ट्र्याक्टर भारी सामान ढुवानी तथा व्यावसायिक यातायातका लागि तयारगरिएको हो।
त्यस्तै, एक्स–५०००ई विद्युतीय डम्प ट्रक निर्माण, खानी तथा कठिन भौगोलिक क्षेत्रमाहुने कामका लागि डिजाइन गरिएको छ । दुवै सवारीसाधनमा स्याक्म्यानको विद्युतीय शक्ति प्रणालीप्रयोग गरिएको छ ।

दुवै मोडलमा छिटो चार्ज गर्न सकिने सुविधा रहेको छ । यसले व्यावसायिक प्रयोगकर्तालाई सवारीसाधनसञ्चालनको समय व्यवस्थापन गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

साथै, सवारीसाधनमा स्मार्टनियन्त्रण तथा ब्याट्री व्यवस्थापन प्रणाली रहेको छ, जसले विभिन्न कार्य वातावरणमा प्रभावकारी रभरपर्दो सञ्चालनमा सहयोग गर्नेछ ।यी दुई मोडलको आगमनसँगै जगदम्बा मोटर्स नेपालमा भारी विद्युतीय व्यावसायिक सवारीसाधनकोक्षेत्रमा प्रवेश गर्ने भएको छ ।

व्यावसायिक तथा औद्योगिक यातायातका लागि विद्युतीय विकल्पकोखोजी भइरहेको अवस्थामा यी सवारीसाधनले नेपाली बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ ।
एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रकको सार्वजनिक, उपलब्धता तथा मूल्यसम्बन्धी थपविवरण जगदम्बा मोटर्सले आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ ।