वीरगञ्ज, १८ मंसिर । नेपालमा डोंगफेंग ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस प्रदेशको वीरगन्जमा आफ्नो प्रिमियम र स्मार्ट ईभी, नामी सार्वजनिक गरेको छ ।
मंगलबार आयोजित कार्यक्रममा उपस्थित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धि मोटर्सका प्रबन्धनिर्देशक विवेक सिकरिया, राज्य सभा भारतको पूर्वमुख्यमन्त्री सबिर अली, नारायणी अटोकर्पका अदक्ष्य रवीबजाज र डोङफेङ वीरगन्ज नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजतबजाज, बृद्धि ग्रुपका प्रबन्ध निर्देशक ओम सिकारिया लगायतले संयुक्त रुपमा नामीको अनावरण गरेका थिए ।
आफ्नो सेग्मेन्टको सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामीइभीले मधेश प्रदेशको बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार छ। ह्याचब्याकको रूपमा वर्गीकृत भएतापनि यो गाडी प्रतिस्पर्धीहरूको तुलनामा ठूलो आकारको छ । यसको आयाम र चौडाइ यसका प्रतिद्वन्द्वीहरूको भन्दा उत्कृष्ट रहेको छ र यसले धेरैवटा सेग्मेन्टमा–पहिलो र सेग्मेन्टमा–उत्कृष्ट प्रविधिहरू समावेश गर्दछ ।
कार्यक्रममा एमएडब्लू वृद्धिमोटर्सका डिलर प्रमुख गोभिन्द भुसालले नामी ईभीले देशव्यापी रूपमा ग्राहकहरूबाट व्यापक मान्यता र प्रशंसा पाइरहेको कुरा साझा गर्न पाएकोमा आफ्नो खुसी व्यक्त गरे । उनले विक्री मात्र होइन विक्री पछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए । ‘ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुनेछ,’ उनले भने । उनले कार किन्नुअघि कारको ब्राण्ड र कार ल्याउने आयातकर्ता दुईवटा कुरामा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विद्युतिय गाडीको भविष्य नेपालमा उज्जवल रहेको बताए । कार्यक्रम पछि, प्रमुख अतिथी नेपालले नै ग्राहकहरूलाई नामी ईभीको सांचो हस्तान्तरण गर्नु भएको थियो ।
नामीः सेग्मेन्टमा–पहिलो सुविधाहरूले भरिपूर्ण
नामी ईभीले आफ्नो सेग्मेन्टमा विलासिता र बुद्धिमत्ताको नयाँमानक स्थापित गरेको छ । यसको विलासी इन्टेरियर र उन्नत स्मार्ट टेक्नोलोजीयसको स्लीक डिजाइनमा निर्बाध रूपमा एकीकृत गरिएको छ । यसमा वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डुअर, फ्लस डुअर ह्यान्डल, अटो पार्किङ र टेबलटप सहितको यात्रु ड्रएर जस्ता सेग्मेन्ट–फर्स्ट आविष्कारहरू छन् ।
यो ईभी उत्साहीहरूका लागि आदर्श फ्युचरिस्टिक ह्याचब्याक तीन भेरियन्टहरू; नामी ई१, नामी ई२ र नामी ई३, चार रङहरू; सेतो, नीलो, हरियो र बैजनीएवम् सेतो र नीलो, सेतो र हरियो र सेतो र बैजनी जस्ता डुअल टोन रङहरूको विकल्पहरूको साथमा उपलब्ध छ । नामीले लेभल २ एडीएएस, भेन्टिलेटेड र तातो सिटहरू, १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, १७इन्चको टायर, १२ अल्ट्रासोनिक रडार सहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल र स्वतःमधुरो हुने प्रणाली सहितको स्टार–लाइट क्रिस्टल एलईडी हेडल्याम्प्स जस्ता सेगमेन्टमा–सर्वश्रेष्ठ सुविधाहरू समेटेको छ ।
थप सुविधाहरूमा निकटता लक÷अनलक, बहु–रङ एम्बियन्ट लाइटिंग, एक–टचमा आराममोड, फ्ल्याट–फोल्डिंग फ्रन्ट सीट, बाह्य डिस्चार्ज क्षमता, एक व्यक्तिगत टचस्क्रिन केन्द्रीयकन्सोल र एक विलासीअर्बान भित्री ठाउँ समावेश छ ।
वीरगन्जमाशोरुम उद्घाटन र सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प
सार्वजनिकरण पश्चात् ग्राहकहरुलाई अत्याधुनिक डोङफेङ र सेरेस विद्युतीय सवारी साधनहरुको इमर्सिभ अनुभवप्रदान गर्ने उद्देश्यले एमएडब्लू वृद्धी मोटर्स र नारायणी अटोकर्पले वीरगन्जमा नयाँ शोरुमको उद्घाटन गर्ने तयारी गरेको छ ।
ग्राहकहरूलाई थप आकर्षित गर्न एमएडब्लू वृद्धिले मधेश प्रदेशको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गरिरहेको छ यही मंसिर १९ गते बुधवारदेखि २१ गतेसम्म ग्राहकहरूले विशेष अफरहरू सहित विद्युतीय सवारी साधनहरूको दायरा अन्वेषण गर्न सक्छन् ।
FACEBOOK COMMENTS