काठमाडौं । चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले लगनशील भएर काम गरेपछि दाम र नाम आफैं आउने बताएकी छिन् ।
नेपालको नम्बर वान युनिसेक्स ब्युटी सलुन फेसियल हाउसको १८औँ वार्षिकोत्सवको अवसरमा आज बिहीबार त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्टमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सफलता पाउन धैर्यताका साथै लगनशील र इमानदार बन्नुपर्ने चर्चा गर्दै काममा ध्यान दिन आग्रह गरेकी हुन् ।
उनले अहिले २०० लाई रोजगारी दिइरहेको फेसियल हाउसले दुई हजारलाई रोजगारी दिएको, ११ वटा खाशालाई ११० वटा बनाएको हेर्न मन रहेको भन्दै उक्त कार्यमा सफलता प्राप्त गर्न फेसियल हाउसलाई शुभकामना व्यक्त गरिन् ।
उनले फेसियल हाउसमार्फत रोजगारी पाउनु, पढ्न पाउनु र स्वरोजगार बन्न पाउनु खुसीको कुरा भएको बताइन् ।
FACEBOOK COMMENTS