काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा तथा १२औं अधिवेशन भोलि शुक्रबारदेखि शुरू हुँदैछ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सभा आगामी आइतबार सम्पन्न हुने महासंघले जनाएको छ । साधारण सभा तथा अधिवेशन कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन हुने महासंघले बुधवार राजधानीमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
साधारण सभा तथा अधिवेशनमा करीब १ हजार २०० जना प्रतिनिधि र १ हजार २०० जना पर्यवेक्षकको सहभागिता रहने बताइएको छ । साधारण सभाकै उद्घाटन सत्रमा प्रधामन्त्री देउवाले महासंघको मुखपत्र निर्माण विशेषांकको विमोचन पनि गर्ने भएका छन् ।
अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्यसमिति चयन गर्ने छ । महासंघको ५९ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएटसहित ८ जना उपाध्यक्ष, महासचिव (१) उपमहासचिव (२), कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यो पनि पढ्नुहोस्– निर्माण व्यवसायी महासंघको अध्यक्षमा ५ आकांक्षी
FACEBOOK COMMENTS