काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरू भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा भर्खरै मतदान सुरू भएको छ । अध्यक्ष चन्द्र ढकालले मतदान गरेर सुरूवात गरिएको हो ।
आज बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतदान प्राविधिक व्यवस्थापनका कामहरू नसकिएका कारण केही समय ढिलो भएको निर्वाचन समितिले जनाएको छ ।
मतदान सुरू हुन ढिलाइ हुँदा उम्मेददवारहरूले धेरै भन्दा धेरै मतदातासामु पुग्ने मौका पाइरहेका छन् । उनीहरू अहिले मत माग्न व्यस्त छन् ।



