काठमाडौं । उद्योग वाणिज्य महासंघको एशोसियट सदस्यको मतगणना सकिएको छ । मतगणना सकिएपछि अन्तिम नतिजा प्राप्त भएको छ । निर्वाचनमा १७ जना विजयी भएका छन् ।
विजयी हुनेमा सचिन ढकालले १३१८ मत, हेमन्त गोल्छा १२०२ मत, अम्बिका प्रसाद पौडेल ११८३ मत, उज्ज्वल कुमार श्रेष्ठ ११५६ मत, शक्ति कुमार बेगानी ११४२ मत, ऋषि अग्रवाल ११२२ मत, सुशील थापा १०९४ मत रामशरण भण्डारी १०४३ मत, राजेश कुमार अग्रवाल १०८२ मत पाएर विजयी भएका छन् ।
यस्तै सुयस प्याकुरेल १०६९ मत, बाबुकाजी कार्की १००६ मत, दिवश न्यौपाने ९९१ मत, कृष्ण लाल महर्जन ९७४ मत, प्रियराज रेग्मी ९५४ मत, इश्वर बहादुर जि सी ९४९ मत, सुरज उप्रेती ९०७ मत र बटु लामिछानेले ८६० मत पाएर विजयी भएका छन् ।