काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेका उनको उपचारका क्रममा हिजो सोमबार ८५ वर्षको उमेरमा निधन भएको हो । उनको आज मङ्गलबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।
‘पाक लाह’ वा ‘काका लाह’ भनेर चिनिने अब्दुल्लाह सन् २००३ मलेसियाको पाचौँ प्रधानमन्त्री बनेका थिए । उनी सन् २००९ सम्म प्रधानमन्त्री रहे ।
FACEBOOK COMMENTS