काठमाडौं । फ्रान्सेली अदालतले सयौं बालबालिकालाई यौन दुर्व्यवहार गर्ने पूर्वसर्जन जोएल ले स्कोरोनेकलाई २० वर्षको जेल सजाय सुनाएको छ ।
पूर्वसर्जनले १९८९ देखि २०१४ सम्म सयौं बिरामीहरूलाई यौन दुर्व्यवहार गरेको स्वीकार गरेका थिए । तीमध्ये धेरैजसो बालबालिका थिए । ले स्कोरोनेकले मार्चमा नै आरोप स्वीकार गरेका थिए ।
न्यायाधीशले अदालतले पूर्वसर्जनले मुख्यतया अस्वस्थ, कमजोर र अचेत मानिसहरूलाई शिकार बनाएको तथ्यलाई ध्यानमा राखेको बताउँदै ७४ वर्षीय ले स्कोरोनेकले फ्रान्सको सबैभन्दा कुख्यात बालयौन दुराचार (बाल दुर्व्यवहार) गरेको भनिएको छ ।
ले स्कोरोनेकले २०२० मा आफ्ना दुई भतिजीहरूसहित चार बालबालिकालाई यौन दुर्व्यवहार गरे । उनी यस मुद्दामा पहिले नै १५ वर्षको सजाय भोगिरहेका छन् ।
केही पीडितहरूको प्रतिनिधित्व गर्ने वकिल फ्रान्सेस्का सट्टाले यस मुद्दामा पीडितहरूको सङ्ख्याको तुलनामा बीस वर्ष धेरै कम सजाय भएको बताएकी छन् । उनले लामो सजाय हुन सकोस् भनेर कानुन परिवर्तन गर्ने समय आएको बताएकी छन् ।
FACEBOOK COMMENTS