काठमाडौं । अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको सुनको मूल्य आज बुधबार भने १ हजार ६सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेर ९५ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । हिजो मंगलबार छापावाल सुन तोलाको ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार २०० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार२ सय ८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS