काठमाडौं । नेपाली बाजारमा आज एकैदिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ ।
गत शुक्रबार प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला एक लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला २००० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ हजार ४०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार प्रतितोला ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
FACEBOOK COMMENTS