काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य सामान्य बढेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा प्रतितोला एक सय रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार सात सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।
यता, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार नौ सय ९० रुपैयाँ कायम भएको हो ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला दुई हजार रुपैयाँ थियो ।
FACEBOOK COMMENTS