काठमाडौं । बलिउड फिल्म अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज भएका छन् । गएराति उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई जुहुको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको थियो ।
बुधबार अस्पतालबाट डिस्चार्ज भएपछि गोविन्दाले मिडियासँग आफू थकानका कारण अस्वस्थ भएको बताएका छन् ।
गोविन्दाले भने, ‘म धेरै काम गरेर थाकेको थिएँ । योग र प्राणायाम राम्रो हो, भारी व्यायाम अलि गाह्रो हुने रैछ । म आफ्नो व्यक्तित्व सुधार गर्ने प्रयास गरिरहेको छु । मलाई लाग्छ योग र प्राणायाम गर्नु नै राम्रो हुन्छ ।’
गएराति गोविन्दा घरमै हुँदा अचानक बेहोश भएपछि उनलाई अस्पताल लगिएको थियो ।

FACEBOOK COMMENTS