काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणा, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालगायतलाई झुटा मुद्दा लगाएर थुनिएको भन्दै आपत्ति जनाएका छन् ।
आज मङ्गलबार पार्टीले बल्खुमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले तत्काल मुद्दा फिर्ता लिन अन्यथा देशभरका जनताले सत्ताधारी नेताहरूको घर घेर्ने चेतावनी दिए ।
उनले माओवादी अध्यक्ष प्रचण्डतर्फ लक्ष्य १७ हजार जना मारेर ५ हजारको जिम्मा लिन्छु भन्ने सार्वजनिक मञ्चमा भाषण गर्दै हिँडिरहेको तर आफ्ना नेताहरूलाई झुटा मुद्दामा फसाइएको दाबी गरे ।
उनले भने, ‘म सरकारलाई अपिल गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, झुटा मुद्दा लगाएर थुन्ने कोसिस नगरियोस्, यदि यो कोसिस भयो भने आज यो बल्खुमा लाखौँ, भोलि देशभरि हजारौँ जनताले तिमीहरूको घर घेर्नेछन् । त्यो दिन तिमीहरू भागेर कहाँ जान्छौ ? यी झुटा मुद्दा तत्काल फिर्ता गरियोस् ।’
हेर्नुहोस् भिडिओ–

