काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बालिका बलात्कारको मुद्दामा पीडितको स्वास्थ्य चाँच गर्ने डाक्टरको साटो अर्कोलाई पठाएर बकपत्र गराएको भेटिएको छ । यो खुलासा भएपछि न्यायाधीश शंकरराज बरालको इजलासले ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू’ भनी आदेश गरेको छ ।
‘गौशाला २६ को स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको साटो अर्को चिकित्सक आएर साक्षी बकपत्र गरेको भेटियो’, जिल्ला अदालत स्रोतले भन्यो, ‘त्यो थाहा भएपछि इजलासले सम्बन्धित चिकित्सक नै बोलाएर बकपत्र गराउनु भन्ने आदेश गरेको छ ।’
स्वास्थ्य परीक्षण गर्ने चिकित्सक भने बिदामा छन् । साथै अर्को एकजना व्यक्तिको बकपत्र छुटेकाले उनलाई समेत झिकाउनु भन्ने आदेश गरेको अदालत स्रोतले बताएको छ ।