स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा यही चैत १९ गतेदेखि चैत २१ गतेसम्म ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’ आयोजना हुँदैछ ।
‘नेपालको जलविद्युत्को बजारीकरण’ भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त एक्स्पोको तयारी के–कस्तो छ, कस्ता कम्पनीहरूले एक्स्पोमा प्रदर्शनी गर्छन् र एक्स्पोबाट के–के जानकारी र सूचना प्राप्त गर्न सकिन्छलगायत विषयमा केन्द्रित रहेर कर्पोरेट खबर डटकमले आयोजकमध्येको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष कृष्ण प्रसाद आचार्यसँग सम्वाद गरेको छ ।
सम्वादका क्रममा अध्यक्ष अचार्यसँग हामीले नेपालमा जलविद्युत् उत्पादन, खपत र निर्यातको अवस्था के–कस्तो छ भनेर पनि सोधेका छौं । नेपालमा समग्र ऊर्जा क्षेत्रको वर्तमान अवस्थाबारे के भन्छन् इपानका अध्यक्ष आचार्य ? प्रस्तुत छ, कार्यकारी सम्पादक ज्योति जीसीले उहाँसँग गरेको कुराकानी-
FACEBOOK COMMENTS