काठमाडौं । जेनजी पुस्ताको नेतृत्वमा भएको गत भदौ २३ र २४ गतेको आन्दोलनले नेपालको राजनीतिको दिशा नै परिवर्तन गरेको एक वर्ष पूरा भएको छ ।
जेनजी आन्दोलनको एक बर्ष पुराभएको दिन आज सरकारले जेनजी शहिद दिवस घोषणा गरेर सार्बजनिक बिदा दिएको छ ।
विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी शहिद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधबाट सुरु भएको आन्दोलन केही समयमै भ्रष्टाचार, राजनीतिक बेथिति, बेरोजगारी, अवसरको अभाव र राज्यको जवाफदेहिताविरुद्धको व्यापक आक्रोशमा परिणत भएको थियो ।
आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा कुल ७६ जनाले ज्यान गुमाएका थिए । त्यसमध्ये ४५ जनालाई सरकारले शहिद घोषणा गरी राज्यका तर्फबाट उनीहरूका परिवारलाई आर्थिक सहयोग र रोजगारी उपलब्ध गराइएको छ ।