काठमाडौं । अनर एक्स९बी ५जी को सफलतापछि सेलट्रोन नेपाल प्रा.लि.ले “नेपालकै सबैभन्दा बलियो स्मार्टफोन अनर एक्स९सी ५जी” बजारमा ल्याउने भएको छ ।
अनर एक्स९बी ५जी आफ्नो सेगमेन्टमा अब्बल सावित भएको थियो, जसमा ५८०० एमएचको दीर्घकालीन ब्याट्री, ३६०–डिग्रीएण्टी–ड्रप सुरक्षा, १०८एमपीको क्लीयर क्यामेरा, आकर्षक डिजाइनर दमदार परफर्मेन्स थियो । ६.७८ इञ्चको घुमाउरो आमोलिड डिस्प्ले, १२० एचजेड रिफ्रेशरेटर १२००–निट ब्राइटनेसले प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिएको थियो।
अब, अनरले अझ मजबुत अपग्रेडसहित नयाँ भेरियन्ट अनर एक्स९सी ५जी बजारमा ल्याउन लागेको छ, जसमा मजबूती, ब्याट्री, क्यामेरा, प्रयोगकर्ता अनुभव र थप धेरै सुधार गरिएको छ।
FACEBOOK COMMENTS