काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नै मानव तस्करीमा संलग्न रहेको खुलासा भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो मङ्गलबार मात्रै कार्यालयको प्रमुख अध्यागमन अधिकृतबाट सरुवा भई गृह मन्त्रालय पुगेका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ ।
मानव तस्करीका गिरोहसँग साँठगाँठ रहेको हुन सक्ने प्रमाणहरू फेला परेपछि भट्टराईलाई केहीबेरअघि अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
भट्टराईको मोबाइल समेत जफत गरेर जाँच थालिएको र थप कागजातहरूसमेत नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान हुने अख्तियारका अधिकारीले बताएका छन् ।
विमानस्थलको अध्यागमन कार्यालयमा आयोगको टोलीले छापा मारेको छ ।
स्रोतका अनुसार सहसचिव भट्टराईले मानव तस्करीमा संलग्न गिरोहलाई सहयोग गरेको यथेष्ट आधारहरू फेला परेका छन् ।
याे पनि पढ्नुहाेस् :
FACEBOOK COMMENTS