काठमाडाैँ । देशैभर लगातार दुईसम्म परेको अविरल वर्षाले १६ वटा जलविद्युत आयोजनाहरु पूर्णरुपमा क्षति भएको छ । आइतबार स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इम्पान)ले विज्ञप्ति जारी गर्दै क्षतिको विवरण सार्वजनिक गरेको हो । सञ्चार सम्पर्कमा नभएका कतिपय आयोजनाहरुको क्षतिको विवरण आउन बाँकी नै रहेको इम्पानले जनाएको छ ।
क्षतिहुनेमा मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुर पावर हाउस पूर्णरूपमा डुबेको छ । माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना पाँचथर गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस यो वर्षाले पनि क्षति पुर्याएको छ ।
त्यस्तै, पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा, पाँचथर गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनँःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त भएको इम्पानले जनाएको छ । त्यस्तै, साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु हेडवक्र्समा क्षति, उत्पादन बन्द भएको छ भने सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम बाँध र टेलरेसमा क्षति भई उत्पादन नै बन्द हुने अबस्थामा पुगेको छ ।
सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाम बाँध र प्रसारणलाइनमा मा पनि क्षति भएको छ । फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, बाँध र विद्युतगृह पूर्णरूपमा क्षतिग्रस्त रहेको छ ।साथै सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति भएको छ भने सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङ, पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति भएको इम्पानको भनाई छ ।
इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादीङ, पहुँचमार्गमा ठूलो क्षति भएको छ । माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोटको क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको छ ।
हेवाखोला जलविद्युत आयोजना, १० मेगावाट, पाँचथर क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको इम्पानको दाबी छ ।
१३ सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर, पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको भएको छ ।सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथर, पहुँचमार्गमा क्षति भएको छ । त्यस्तै, लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्की पहुँचमार्गमा क्षति भएको इम्पानको भनाई छ ।
सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट २ वटा स्काभेटर बगाएको २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएकोइम्पानले जनाएको छ ।
FACEBOOK COMMENTS