काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हाे ।
प्रतिशेयर अंकित मूल्य १०० रूपैयाँको दरमा दरमा सर्वसाधारणहरूमा निष्कासन गर्नका लाथि भदौ ९ गते धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआईएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई लघु जीवन बीमा सेवा पुर्याउने लक्ष्य लिई लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले २०८० भदौ १ मा लघु जीवन बीमकको इजाजतपत्र प्राप्त गरी सोही वर्ष पुस ६ देखि औपचारिक रूपमा लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।
उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS