![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार कारागार चलान भएकी छन् ।
बचतकर्ताको रकम हिनामिना आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेकी २७ वर्षीया सुनार पुर्पक्षका लागि जेल चलान भएकी हुन् ।
बागलुङ जिल्ला प्रहरी कार्यालयका अनुसार सहकारी ऐन, २०७४ अन्तर्गतको कसुर मुद्दामा सोमबार जिल्ला अदालत बागलुङमा पेस गरिएको र अदालतको आदेशअनुसार उनलाई पुर्पक्षका लागि कारागार पठाइएको हो ।
उक्त सहकारी ठगी प्रकरणमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसमेत जोडिएका छन् ।
FACEBOOK COMMENTS