काठमाडौं । आइएमई तथा कमर्स प्लेक्स लिमिटेड बीच एक कार्यक्रमको आयोजना गर्दै रेमिटान्स सम्बन्धि रणनीतिक साझेदारीका लागि हस्ताक्षर भएको छ ।
आइएमईको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आईएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्स लिमिटेडका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खान लगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सुश्री सञ्जना फरीद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशी पनि उक्त समारोहमा उपस्थित थिए ।
कमर्स प्लेक्स होल्डिङ्स कम्पनीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी र क्यानडामा संचालित लाइसेन्स प्राप्त विदेशी मुद्रा सेवा व्यवसाय ले नेपालको लागि रेमिट्यान्सको परिदृश्यलाई रूपान्तरण गर्ने लक्ष्यका साथ रणनीतिक साझेदारीको लागि तयार भएको कम्पनी हो ।
आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड बीच यो साझेदारीले दुवै पक्षलाई अतुलनीय फाइदा पुग्ने बिश्वास ब्यक्त गरिएको छ भने आप्रवासी नेपालीहरुलाई थप सहज हुने अपेक्षा गरिएको छ । आईएमइ लिमिटेड रेमिटान्सको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको एक महत्वपूर्ण तथा बहुचर्चित कम्पनी हो ।
FACEBOOK COMMENTS