काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आईएमई बैंक, आईएमई ग्रुप र आबद्ध कम्पनीका तर्फबाट पाँच करोड रूपैयाँ रकमको चेक हस्तान्तरण भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम हालैको बाढी, पहिरो र विपद्पछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो ।
यसैगरी आजै नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले ५० लाख, एनएमबी बैंकका अध्यक्ष मनोज गोयलले ५१ लाख र मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले २५ लाख रूपैयाँ हस्तान्तरण गरे । उक्त रकमसहित आजका मिति प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम १० करोड २६ लाख रूपैयाँ भएको छ ।
सहयोग गर्ने सबै संस्थाहरूलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै सङ्कटका समयमा मिलेको साथ अमूल्य हुने बताए ।
FACEBOOK COMMENTS