काठमाडाैं । ४८ देशहरूमा सञ्चालनभईरहेको ग्लोबल मोबिलिटी र अर्वान सर्भिस प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप हुन सफलभएको छ । २०२४ मालगातार तेस्रो वर्ष आफ्नो प्रभावशाली वृद्धिको गति कायम राखेको सेन्सर टावर फर्मले उल्लेख गरेको छ ।
इनड्राइभले ट्राभल र नेभिगेसन क्याटोगरीमा नेपालमानम्बर १ स्थानप्राप्त गरेको छ, जसले बजारमाआफ्नो बलियो उपस्थिति र बढ्दो लोकप्रियतालाई सुदृढ बनाउँदै आएको छ । यो नेपालमा डाउनलोड संख्याको आधारमा अग्रणी राइड–हेलिङ एप बनेकोहो । इनड्राइभले ट्राभल र नेभिगेसन श्रेणीमा विश्वव्यापीरूपमापाँचौं सबैभन्दा धेरै डाउनलोड गरिएको एपको रूपमापनि स्थानपायो ।
इनड्राइभ एप २०२४ को डिसेम्बर महिनामा मात्रै ६१ लाखभन्दा बढी पटक डाउनलोड गरिएको थियो। पियर–टु–पियर मूल्यनिर्धारण मोडेलको साथ, इनड्राइभले विश्वका ८८८ शहरहरूमाउत्कृष्ट सवारीहरुको लागि उचित मूल्य प्रदानगर्दै आएको छ साथै चालकहरूको लागि उचित कमाईका अवसरहरू प्रदान गरेको छ।
गतवर्ष, इनड्राइभले चालकहरूलाई मद्दत गर्नका लागि ऋण दिने कार्यलाई अझ बढी पहुँचयोग्यबनाउन मेक्सिको र कोलम्बियामा आफ्नो वित्तीय सेवा ‘इनड्राइभ.मनी (inDrive.Money)’ को परीक्षण सुरु गरेको थियो। इनड्राइभ.मनीसन् २०३० सम्ममाकम्तिमा १ अर्ब मानिसहरूको जीवन सुधार गर्ने इनड्राइभको व्यापकमिशनसँग मेल खान्छ, र यो सेवालाई यस वर्षको अन्त्यमा थप बजारहरूमा विस्तार गर्ने तयारी गरिएको छ।
यसका साथै, इनड्राइभ सन् २०२४ मायात्राश्रेणीमा नेपाल, इजिप्ट, मोरक्को, पनामा र जमैका सहित ११ बजारहरूमा डाउनलोड संख्याको आधारमा अग्रणी राइड–हेलिङ एप भएको थियो। राइड–हेलिङ र वित्तीय सेवाहरूको अतिरिक्त, इनड्राइभले सिटी टू सिटी, फ्रेट, कुरियर, र डेलिभरी सेवाहरु प्रदानगर्दछ।
इनड्राइभका फाउन्डर तथा सीईओ आर्सेन टम्स्कीले भने ‘विश्वभर दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एपको रूपमाआफ्नो स्थानकायम राख्नु इनड्राइभको लागि एक अविश्वसनीयउपलब्धि रहेको छ। यो एप सक्रियहुनुको तात्पर्य भनेको यस एपमाकाम गरिरहेका मेहनतीव्यक्तिहरू–हाम्रो ग्लोबल टिम, हाम्रा प्रयोगकर्ताहरू हुन, यसका साथसाथै, यात्रुहरुलाई निष्पक्ष सेवाहरू प्रदान गर्ने र मानिसहरूको जीवन सुधार गर्ने हाम्रो लक्ष्य रहेको छ। इनड्राइभले उचितमूल्यमा मोबिलिटी सर्भिसेज सहजबनाउन र सेवाबाट वञ्चित समुदायहरूमाकार्यरतहरूको लागि अर्थपूर्ण कमाईका अवसरहरू सिर्जना गर्न अथकप्रयास गरिरहेको छ। यसका साथमा, हाम्राप्रयासहरू फेरि एक पटक प्रतिबिम्बित भएको देख्न पाउनु इनड्राइभको लागि सम्मानको विषय हो।’
FACEBOOK COMMENTS