काठमाडौं । सान्भि इनर्जी कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८८ करोड ८० लाख रुपैयाँको ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको छ ।
आयोजनाको सेयरमा ईलाम जिल्लाको ईलाम नगरपालिका-१० (साविकको गोदक गाविस का १ देखि ९ नम्बरसम्मका वडाहरु), माईजोगमाई गाउँपालिका-१ (साविकको नयाँ बजार गाविस-१ देखि ४ र ६ देखि ९ नम्बर वडाहरु) र वडा- ३ र ४ (साविकको नाम्सालिङ्ग गाविस का १ देखि ९ नम्बरसम्मका वडाहरु तथा नयाँबजार गाविस-५) का स्थानीयले आवेदन दिन सक्नेछन् ।
यसैगरी, सूर्योदय नगरपालिका-१० (साविकको फिक्कल गाविसका ६ देखि ९ नम्बरसम्मका वडाहरु) तथा सोही नगरपालिका-१ (साविकको पञ्चकन्या गाविस का २, ६, ८ नम्बर वडाहरु) का स्थायीले आवेदन दिन सक्नेछन् ।
स्थानीयले न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन छिटोमा वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ ३ गतेसम्म आवेदन दिन सकिने छ ।
यस्तै कम्पनीले आजदेखि वैशाख देखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार कित्ता सेयर निष्कासन गरेको छ । यसमा न्यूनतम २० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले वैशाख १९ गते सम्म आवेदन दिन पाउनेछन् । विदेशमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS