काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।
यस अवसरमा जनै फेर्न र रक्षाबन्धन बाँध्न काठमाडौंको पशुपतिसहित देशभरका हिन्दु मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।
रक्षाबन्धनलाई यसरी बनाउनुहोस् विशेष
गुरू पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
वैदिक गुरू परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ ।
यस्तै आज दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई उनीहरूको सुस्वास्थ्यको कामना गर्दै राखी बाँधेका छन् ।
यस पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
हेर्नुहाेस् तस्बिरहरू (सबै तस्बिर – रासस) :
FACEBOOK COMMENTS