एजेन्सी । जापानभरका डिपार्टमेन्ट स्टोरहरूले बिक्रीमा बृद्धि भएको छ ।
जापान डिपार्टमेन्ट स्टोर्स एसोसिएसनका अनुसार कुल बिक्री ५.७७२२ ट्रिलियन येन पुगेको छ । जुन सन् २०१९ मा देखिएको भन्दा बढी हो ।
बिक्री अघिल्लो वर्षको तुलनामा ६.८ प्रतिशत र सन् २०१९ को तुलनामा ३.६ प्रतिशतले बढेको थियो ।
कस्मेटिक्स, घडी र गहना जस्ता वस्तुहरूको माग बढेकोले विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको हो ।
करमुक्त बिक्री पनि लगातार दोस्रो वर्षको रेकर्ड उच्चमा पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले बढी रहेको तथ्याङ्कले देखाएको छ ।
FACEBOOK COMMENTS