उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा
कर्पोरट खबर
10:15 pm, बिहीबार, असार ३२, २०८३
- न्यायपरिषद्को बैठकले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको सरुवा गरेको छ।
- सरुवासँगै श्रम, विशेष अदालत र राजस्व न्यायाधीकरणमा अध्यक्ष तथा कानुन सदस्यसमेत तोकिएको छ।
काठमाडौ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको सरुवा गरेको छ ।
परिषद्को बैठकले न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको सूचना अधिकारी कुवेर पाण्डेले जानकारी दिए । न्यायाधीशहरूको सरुवासँगै श्रम अदालत, विशेष अदालत, राजस्व न्यायाधीकरणमा अध्यक्ष तथा कानुन सदस्यसमेत तोकिएको उनले बताए ।