काठमाडौं । ज्योति विकास बैंकले पर्यटकीय स्थल कास्कीको घान्द्रुकमा पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा नै एटीएम सञ्चालनमा ल्याइएको हो ।
आइतबार आयोजित एक कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–१० का अध्यक्ष कुमार गुरूङले एटीएम बुथको समुद्घाटन गरेका हुन् । साथै बैंकले हालसालै बैंकिङ्ग पहुँचलाई थप विस्तार गर्दै जनतामाझ बैंकको पहुँच सहज बनाउने उद्देश्यले इलाम, कञ्चनबारी, लहान र कटारीमा चार नयाँ शाखा विस्तार गरेको जनाएको छ ।
FACEBOOK COMMENTS