काठमाडौं । ज्योति विकास बैंकले खोटाङ र सिन्धुलीको अस्पताललाई बेबी वार्मर ‘ न्यानो नानी ’ प्रदान गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत चिउरीडाँडा स्वास्थ्य चौकी( खोटाङ र कल्पवृक्ष स्वास्थ्य चौकी ( सिन्धुलीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको हो ।
बैंकले यी अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको जानकारी दिएको छ । बैंक एक कार्यक्रममा बिच दिक्तेल रुपाकोट खोटाङका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष श्री महन्त कुमार राईलाई र सिन्धुलीका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका श्री विमर्श मोक्तानलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरेको बैंकधले जानकारी दिएको छ ।
कार्यक्रममा अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकले हाल १११ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आएको बैंकले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS