काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिर जमानतमा छुटेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवालेका अनुसार उनी हाजिर जमानतमा छुटेका हुन् । सिरोहिया अहिले अस्वस्थ्य भएर काठमाडौंमा उपचाररत छन् ।
सिरोहियालाई हाजिर जमानतमा रिहा गर्ने पत्र धनुषाबाट काठमाडौँ पठाइएको छ । छोरा सम्भव सिरोहियाले जमानत लिएर कैलाश सिरोहिया छुटेका हुन् ।
सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक ३ दिनको म्याद थप गरेको थियो । तेस्रो पटक ३ दिनको म्याद थप गरेपछि सिरोहियाको हेलिकप्टरबाट काठमाडौँ आएका थिए । अवस्थाको प्रतिकूलताको भएको भन्दै उनी मेडिसिटी अस्पतालमा रहेका छन् ।
FACEBOOK COMMENTS