काठमाडौं । कोशी प्रदेशमा २२१ जनाका लागि रोजगारीको अवसर सृजना भएको छ ।
कोशी प्रदेश लोक सेवा आयोग प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल फरेष्ट्री समूहको आधारभूत तहमा वन रक्षक पदमा आवेदन खुला भएको हो ।
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । सेवाका शर्त र तलब तथा अन्य सुविधा प्रचलित कानून बमोजिम हुने सूचनामा उल्लेख छ ।
परीक्षामा शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता लिइनेछ । शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा तथा लिखित परीक्षाको परीक्षा केन्द्र आयोगले लिने जनाइएको छ । चैत ४ देखि ११ गतेसम्म दरखास्त दिन सकिने छ । १८ वर्ष पुरा भइ ३५ ननाघेका पुरुष र १८ पुरा भइ ४० ननाघेका महिलाले आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS