काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरिएकोप्रति कटाक्ष गरेका छन् ।
सोमबार गैरसरकारी संस्था महासङ्घको ११औँ महाधिवेशन तथा नागरिक सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले त्यसप्रति कटाक्ष गरेका हुन् ।
उनले एउटा जुलुस निकाल्न विदेशीको तस्बिर प्रयोग गर्नुपर्ने नाजुक अवस्थामा आफूहरू नरहेको बताए । अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुरामा लाग्ने फुर्सद आफूहरूलाई नभएको ओलीको भनाइ थियो ।
‘एउटा जुलुस निकाल्नुपर्यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ,’ उनले भने, ‘अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुरामा लाग्ने हामीलाई फुर्सद छैन । हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौँ ।’
प्रधानमन्त्री ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैरसरकारी संस्थाहरूलाई आग्रह गरे ।
यी पनि पढ्नुहाेस्–
ज्ञानेन्द्र शाहीको आरोप : प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो प्रयाेग गरियाे
‘पूर्वराजाको स्वागत र्यालीमा एमालेका विष्णु रिमालले योगी आदित्यनाथको तस्बिर राख्न लगाए’
पूर्वराजाको र्यालीमा उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर, को हुन् प्रदीपविक्रम राणा ?
FACEBOOK COMMENTS