काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।
प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्मा अनुपस्थित हुने भएपछि ओलीले आफ्नो सम्बोधन स्थगित गरेका हुन् ।
प्रचण्ड आज गोरखामा छन् ।
प्रधानमन्त्री संसद्मा बोल्दा सामान्यतया विपक्षी दलसहित सबै प्रमुख दलका नेताहरू सहभागी हुने प्रचलन छ । तर, आज विपक्षी दलका नेता प्रचण्ड बाहिर भएकाले संसद्मा उपस्थित हुन नसक्ने भएपछि ओलीले अरू कुनै दिन सम्बोधन गर्ने गरी आजको सम्बोधन स्थगित गरेका हुन् ।
संसद्को बजेट अधिवेशन आज दिउँसो १ बजे सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएकामा स्थगित हुन पुगेको छ ।
FACEBOOK COMMENTS