काठमाडौं । अब महालक्ष्मी विकास बैंकका गा्रहकलाई होटेल दियालो फुडल्यान्डा एण्ड पार्टि प्यालेसले विभिन्न सेवाहरुमा आकर्षक छुट दिने भएको छ ।
महालक्ष्मी विकास बैंक र दियालो फुडल्यान्डा एण्ड पार्टि प्यालेस प्रा.ली. बिच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात को डेबिट कार्ड, क्युआर (स्क्यानपे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गरनुका साथै गा्रहकले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने बैंकले जनाएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास लिएको बैंकले बताएको छ ।
FACEBOOK COMMENTS