काठमाडौं । लक्ष्मी बैंकले १४२औँ शाखा भक्तपुर जिल्लाको वडा न. १० को कमलविनायकमा सञ्चालनमा ल्याएको छ।
बैंकले यसशाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
यस नयाँ शाखासँगै बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटीएम, २५ सयभन्दा बढि रेमिट्यान्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको बैंकले बताएको छ ।
FACEBOOK COMMENTS