काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले नोट्टीङघम फोरेस्टविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले नोट्टीङघमलाई १-० गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा खेलको ९० मिनेटपछि इन्जुरी समयमा एलेक्सिस म्याक एलेस्टरले गरेको गोलनै खेलको निर्णायक गोल भएको थियो ।
यो जितपछि लिभरपुलको २७ खेलमा ४० अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यस्तै नोट्टीङघम फरेस्टको २७ खेलमा २७ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS