काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले सरकारसमक्ष १९ बुँदे माग राख्दै पूरा नगरिए उद्योग बन्द गर्ने चेतावनीसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी संघले नेपालमा एलपी ग्यासको आयात तथा बिक्री वितरणमा झेलिरहनुपरेका समस्याबारे जानकारी गराउँदै तिनको समाधानका लागि २१ बुँदे माग रोखेको हो ।
हाल रहेका समस्याहरू सम्बोधन हुने गरी नीति परिमार्जन र सहजीकरणका लागि केही नयाँ व्यवस्था थप गर्नुपर्ने संघको माग छ ।
उद्योगीले गरेको लगानीको संरक्षणको गर्नुको सट्टा राज्यले निरूत्साहित गर्ने रणनीति लिइरहे उद्योग सञ्चालनलाई निरन्तरता दिन नसकिने संघको चेतावनी छ ।
संघले आफ्ना मागहरू पूरा नभए माघ ३० गतेदेखि चरणबद्ध रूपमा उद्योग बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
यस्ता छन् माग र आन्दोलनका कार्यक्रम :
आन्दोलनका कार्यक्रम
मागहरू-
FACEBOOK COMMENTS