डोल्पा । डोल्पामा गाउँ नै झिलिमिलि पारेर लुतो फाल्दै साउने सङ्क्रान्ति मनाइएको छ ।
हिजो साउन १ गतेको गोधुली साँझमा जिल्लाको माझफाल गाउँमा घरैपिच्छे धेरैवटा राँको बालेर साउने सङ्क्रान्ति र लुतो फाल्ने पर्व मनाइएको हो ।
परापूर्वकालदेखि मनाइँदै आएको साउने सङ्क्रान्ति र लुतो फाल्ने पर्व यो वर्ष पनि राँको बाल्दै मनाइएको स्थानीयहरूले बताए । लुतो फाल्ने क्रममा उनीहरुले परम्परागत रुपमा राँको बाल्दै अर्को गाउँका मानिसहरुलाई गाली गर्ने गर्दछन् ।
परम्परा अनुसार हरेक घरमा जति परिवार सदस्य छन् त्यति नै राँको बालेर आ–आफ्नो छत तथा आँगनमा आफू र आफ्नो घरमा रहेको फोहर लैजाउ, रोगब्याधी सबै जाओस् भन्ने कामना अनुसार राँको बाल्ने चलन रहेको छ । राँको बालीसकेपछि विभिन्न प्रकारका परिकारहरु खाने प्रचलन समेत छ ।
एकै पटक सबको घरमा परिवार सदस्य अनुसारको हजारौँ राँको बाल्दा गाउँ भिलमिलि हुनाका साथै गाउँ नै रोमाञ्चक दृश्यमा परिणत भएको थियो । तर, आगोको राँको बाल्नु अत्यन्तै जोखिमयुक्त भएका कारण आगामी दिनमा यस्तो परम्परालाई अनुशरण गर्दा अधिक सचेत हुनुपर्ने देखिन्छ ।
FACEBOOK COMMENTS