काठमाडौं । महालक्ष्मी विकास बैंक आजदेखि ३०औँ वर्षमा प्रवेश गरेको छ ।
बैंकले वित्तीय साक्षरता ¥याली तथा आफ्ना ८ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
यस्तै स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग– २०२४, श्रृङखला ३ लगायत विभिन्न कार्यक्रमहरु गरी ३० औँ वार्षिकोत्सव सम्पन्न गरिनेछ ।
बैंकले वार्षिकोत्सवको अवसरमा आइतबार आठ शाखा कार्यालयहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल २९५ पिन्ट रगत संकलन गरेको छ ।
स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।
बैंकले सोमबार केन्दि«य, प्रादेशिक तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानिय भेषभूषामा बंैकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकको केन्दि«य कार्यालय दरबारमार्गमा जेठ ८ गते स्वास्थ्य शिविर र जेष्ठ ९ गते आँखा शिविर सञ्चालन गरिनेछ ।
बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र ७ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।
FACEBOOK COMMENTS