काठमाडौँ । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्र्याक्टरहरूको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले ‘महिन्द्रा उत्सव : महिन्द्राको छड्के सलाम, जित्नुहोस् लाखौँको इनाम’ योजनाको विजेता घोषणा गरेको छ । बिहीबार काठमाडौँको गैह्रीधारा सेल्स टावरस्थित अग्नि ग्रुप महिन्द्रा शोरूममा एक समारोहबीच विजेता घोषणा गरिएको हो ।
महिन्द्राले गत असोजमा हरेक वर्षजस्तै विश्वकर्मा पूजा, दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी ‘महिन्द्रा उत्सव २०२४’ अभियान विशेष योजना ल्याएको थियो । यो योजना चाडपर्व अवधिभर २०८१ असोज १ गतेदेखि पुष १६ (तदनुसार १७ सेप्टेम्बर देखि ३१ डिसेम्बर, २०२४) गतेसम्म लागू गरिएको थियो ।
यस योजनाअन्तर्गत महिन्द्रा ट्र्याक्टर खरिद गर्ने ग्राहकहरूले स्क्र्याच कार्डका अलावा बम्पर इनामअन्तर्गत घोषणामा १ लाख, २ लाख र ४ लाख रूपैयाँ नगद जित्ने थप तीन मौकाहरू पाउने व्यवस्था रहेको थियो । उक्त योजनाअनुरूप नै विजेता घोषणा कार्यक्रममार्फत बम्पर पुरस्कारका ३ जना भाग्यशाली विजेताहरू ‘लक्की ड्र’ कार्यक्रममार्फत छनोट गरी घोषणा गरिएको हो ।
कार्यक्रममा एपीएफका खेलाडीहरूको विशेष आतिथ्य रहेको थियो । एपीएफका खेलाडीहरूः ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, कराँते खेलाडी महमद सेखु आलम, भलिबल खेलाडी निरूता ठगुन्ना, सुटिङ खेलाडी तथा ओलम्पियन सुस्मिता नेपाल, र एपीएफका एथ्लेटिक्स खेलाडी गोपीचन्द्र पार्कीको उपस्थिति रहेको थियो । गोपिचन्द्र पार्कीले १ लाख, सुस्मिता नेपालले २ लाख र महमद सेखु आलमले ४ लाख रूपैयाँको विजेता गोला प्रथाद्वारा छानेका हुन् ।
‘लक्की ड्र’ मार्फत छानिएका विजेताहरू भण्डारा, चितवनबाट डोलबहादुर श्रेष्ठले१ लाख, चापकोट, स्याङ्जाबाट ईश्वर मल्लले २ लाख र चौरजहारी नगरपालिका, रूकुमबाट डीपीडीएस निर्माण सेवाले ४ लाख रूपैयाँको बम्पर इनाम जितेका छन् ।
विजेताहरूलाई लोकप्रिय नेपाली अभिनेत्री स्वस्तिमा खड्काको हातबाट घोषणा भएको मितिदेखि २ हप्ताभित्र नगद इनाम हस्तान्तरण गर्ने योजना रहेको छ भने विजेताहरूले औपचारिक भेटघाट कार्यक्रममा स्वस्तिमालाई भेट्ने मौकासमेत प्राप्त गर्नेछन् ।
FACEBOOK COMMENTS