काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा सञ्चालित २७ वटा उद्योग तथा फर्महरूमा अनुगमन निरीक्षण गरेको छ ।
विगभाले अनुगमनका क्रममा केही उद्योग तथा फर्महरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कारबाही तथा निर्देशन दिएको छ।
विभागका अनुसार अनुगमनका क्रममा कैफियत भेटिएका विभिन्न ३ वटा पसल तथा फर्मलाई कुल ५० हजार रुपैयाँ जरिवाना गरिएको छ भने ३ वटा फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
बाँकी २१ वटा फर्मलाई सुधारका लागि सामान्य निर्देशन दिइएको छ। जरिवानामा परेका फर्महरूमा आराध्या मसला तथा किराना पसल (तारकेश्वर-११, शेस्मति)लाई २० हजार, जोशी किराना स्टोर (बुढानिलकण्ठ-१०, शिवपुरी) २० हजार, सुदुर सप्लायर्स (बुढानिलकण्ठ-१०, शिवपुरी चोक) लाई १० हजार जरिवाना गरेको छ ।

यस्तै कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएका फर्महरूान कुरीलो प्रा. लि, अस्केटचा, जय पशुपति काठ तथा प्लाई उद्योग प्रा. लि रहेका छन् ।

सामान्य निर्देशन प्राप्त गर्ने फर्महरूमा खड्का ग्यास डिपो, लमजुङ इलेक्ट्रोनिक्स, ए लेभल, परिवर्तन सेवा प्रा.लि, धौलागिरी खाद्य पसल, तारा खाद्य स्टोर्स, भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा.ली., सापकोटा जनरल पसल, चण्डेश्वरी खाद्य स्टोर, जी.द्वान्टी मार्ट प्रा.लि, शोभा सारी, आरोही फेसन, नारी फेशन प्रा. लि, फेशन वेयर, रिभोलुशन क्याफे प्रा. लि, श्री हरि ट्रेडर्स , प्रिमिया फुड्स अदिटिभ्स प्रा.लि., ए.एस.टि प्रा. लि., मुक्ता एग्रो प्रा.लि.,अनमोल मसला उद्योग, अनुखी ट्रेडिङ्ग रहेका छन् ।