काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. रामशरण महतले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनामा संशोधनको सम्भावना नै नरहेको बताएका छन् ।
आज शनिबार काठमाडौंमा आयोजित एक साक्षातकार कार्यक्रममा उनले एमसीसी संसदबाट पासिरत गर्नुको विकल्प नै नरहेको बताएका छन् । यो परियोजना नेपालले नै माग गरेकाले अमेरिकालाई गाली नगरी पारित गर्नुपर्नेमा उनको जोड छ ।
‘अहिले आएर एमसीसी सम्झौता संशोधन गर्न सकिने स्थिति छैन,’ उनले भने, ‘बरु, कुनै कुरा र विषयमा आशंका छ भने त्यसबारेमा स्पष्टीकरण माग्नुपर्छ ।’ नेपाललाई लागेको आशंकाबारे अर्थ मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफ समेत नेपालले प्राप्त गरिसकेको उनको भनाइ छ ।‘चित्तबझ्दो स्पष्टीकरण आइसकेको छ । नेपालको आर्थिक हितका लागि यसले योगदान पुर्याउँछ । नेपालले प्राप्त गर्नै यो अनुदानको रूपमा रकम प्राप्त गर्न लागेको छ,’ उनले भने, ‘नेपाललाई ७३ वर्ष पहिले २००७ मा अमेरिकाले नै सहयोग गर्ने मुलुक हो । राष्ट्रको हितका लागि यो पारित गर्न उपयुक्त छ ।’
यो पनि पढ्नुहोस्– पूर्व अर्थमन्त्री भन्छन्– एमसीसी चाहिन्छ भनेर नेपालले नै मागेको हो, अमेरिकालाई किन दोष दिने ?
FACEBOOK COMMENTS