काठमाडौं । त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका सञ्जय साहले सुरुङभित्र फसेका सबै सुरक्षित रहेको बताएका छन् ।
उद्धार गरिएलगत्तै साहले उद्धारकर्मीको टोलीलाई सबैजना सकुशल रहेको र उद्धारको पर्खाइमा रहेको जानकारी गराएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
उद्धार टोलीले अर्का एक जनाको पनि जीवितै उद्धार गरेको छ । उनी कविर महर्जन रहेको जनाइएको छ । उद्धार गरिएकाहरूलाई त्यही रहेको नेपाली सेनाको मेडिकल टिमले जाँच गरेको छ ।