चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्।
प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन्द्र (बालेन) साहले डा. खत्रीलाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेका हुन्।
नवनियुक्त उपाध्यक्ष खत्रीलाई मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गर्दै शपथ गराएका छन्।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेपछि आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारीहरू पदमुक्त भएका थिए।
त्यसपछि रिक्त रहेको उक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।