काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।
सभामुख डीपी अर्यालले सदनको कारबाही अघि बढाउने बित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरे ।
उनीहरूले गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह ’बालेन’ले नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्ति सच्याउनुपने र माफी माग्नुपर्ने माग राख्दै आएका छन् ।