काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो ।
चालु आर्थिक वर्षमा ४१०७ रुपैयाँ प्रतिक्वीन्टल निर्धारण गरिएको छ । गत वर्ष ३९४५ रुपैयाँ प्रतिक्वीन्टल थियो ।
न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण निर्देशिका २०८२ को आधारमा सो मूल्य निर्धारण गरेको हो ।